कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।

लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved