सेयर बजारमा उथलपुथल : दुई मिनेटमै ७० अंकभन्दा बढीको गिरावट 

नेपालभ्युज

सेयर बजारमा उथलपुथल : दुई मिनेटमै ७० अंकभन्दा बढीको गिरावट 

काठमाडौं । मंगलबार राजनीतिसँगै सेयर बजारमा उथलपुथल देखिएको छ । नयाँ सरकार बन्ने भएसँगै बजार खुलेको ३ मिनेट भित्रमा ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेर सेयर बजार १५ मिनेटका लागि रोकिएको थियो ।

त्यस लगत्तै अर्को ५ प्रतिशतको विन्दु छोएर बजार पुन ४५ मिनेटका लागि बन्द भएको थियो । बन्द हुँदा बजार परिसूचक १०२ दशमलव ६८ अंकले बढेर २१५६ दशमलव ०७ को विन्दुमा पुगेको थियो ।

पुनः सुरु भएको सेयर बजार केही बढेजस्तो गरे पनि २ मिनेटकै अन्तरालमा ७० अंकभन्दा बढीले घटेर दुई हजारको विन्दु ओर्लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved