सलमानलाई मार्न २५ लाखमा सम्झौता भएको खुलासा

नेपालभ्युज

सलमानलाई मार्न २५ लाखमा सम्झौता भएको खुलासा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ ।

प्रहरीका अनुसार लरेन्स समूहले सलमानलाई मार्न २५ लाखमा सम्झौता गरेको खुलेको छ ।

यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।

यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए ।

यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।

साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो ।

आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved