प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन् ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिसँग छलफल गरेका छन् । त्यसअघि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीले यसबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ । प्रचण्डले मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गएराति नयाँ सत्ता समीकरण बनाउने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved