कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका हुन् । बैठक मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले विपक्षी दलसँग छलफल गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved