एउटै कार्यक्रममा प्रचण्ड र देउवा (तस्वीरहरू)

नेपालभ्युज

एउटै कार्यक्रममा प्रचण्ड र देउवा (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै देखिएका छन् ।

कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा मंगलबार आयोजना गरेको फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेट भएको हो ।

कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेका थिए । त्यसपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।

कांग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको बेलामा उनीहरुबीच भेट भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved