बीसीसीआईले दिने १२५ करोडमा प्रत्येक खेलाडीले कति पाउँछन् ?

नेपालभ्युज

बीसीसीआईले दिने १२५ करोडमा प्रत्येक खेलाडीले कति पाउँछन् ?

काठमाडौं । भारतीय क्रिकेट टोलीले टी-२० विश्वकप २०२४ को उपाधि जित्नेबित्तिकै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ठूलो राशिको पुरस्कार घोषणा गर्यो ।

बीसीसीआईले रोहित शर्माको नेतृत्वमा रहेको टी–२० विश्वकप विजेता टोलीलाई १२५ करोड भारू पुरस्कार दिने घोषणा गरेको छ ।

यसबीच उक्त पुरस्कार रकम क-कसले पाउँछन् ? कति पाउँछन् भन्ने प्रश्न चासो बनेको छ । उक्त रकम टोलीका खेलाडीले मात्र होइन, सपोर्ट स्टाफ र चयनकर्ताहरूले पनि पाउने भएका छन् ।

बीसीसीआई सचिव जय शाह भन्छन्, ‘जहाँसम्म १२५ करोड रूपैयाँको सवाल छ, यसमा खेलाडी, सपोर्ट स्टाफ, प्रशिक्षक र चयनकर्ता पनि समावेश हुनेछन्।’

प्रत्येक खेलाडीले कति पैसा पाउँछन् ?
सो रकम टोली, रिजर्भ खेलाडी, सपोर्ट स्टाफ र चयनकर्ता गरी ३२ जनाले पाउँछन् । यस्तो अवस्थामा प्रत्येक सदस्यले ३ करोड ९० लाख ६२ हजार ५०० भारू पाउनेछन् ।

तर, रिजर्भ खेलाडीलाई समावेश गर्ने कि नगर्ने भन्ने कुरा निर्णय भइसकेको छैन । यदि तिनीहरू समावेश भएनन् भने प्रत्येक सदस्यले ४ करोड ४६ लाख ४२ हजार ८२७ भारू रूपैयाँ पाउनेछन् ।

रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved