होटलमा चप्पल लगाएर आएको भन्दै दुर्व्यवहार !

मुलुकी फौजदारी संहितामा ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनिएको छ ।

नेपालभ्युज

होटलमा चप्पल लगाएर आएको भन्दै दुर्व्यवहार !

काठमाडौं । चप्पल लगाएर पाँचतारे होटेल प्रवेश गरेको भन्दै केकसेवाका राइडरमाथि दुर्व्यवहार भएको छ । सोल्टिमोडस्थित पाँचतारे होटेल हायात प्लालेसमा फुड डेलिभरी गर्न गएका राइडरमाथि दुर्व्यवहार भएको हो ।

मुलुकी फौजदारी संहितामा ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनिएको छ ।

संहिताको परिच्छेद –१० मा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर’ यो विषय उल्लेख भए पनि केकसेवा डटकमबाट डेलिभरी गर्न गएका राईडरमाथि होटेल हायात प्यालेसका कर्मचारीले दुर्व्यवहार गरेका हुन् ।

प्रचलित नियम अनुसार होटेल परिसरमा कहीँकतै अनिवार्य ड्रेस कोड समेत उल्लेख छैन । तर, हायात प्यालेसका एक कर्मचारीले चप्पल लाएको भन्दै अपमानजनक व्यवहार गर्दै होटलमा प्रवेश गर्न नदिएको भन्दै केकसेवाले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

होटलमा विदेशी पर्यटकहरू थिए । उनीहरूले अर्डर गरेको केक डेलिभरी गर्न गएका डेलिभरी ब्वाईलाई गत असार १२ गते बुधबार होटेल परिसरभित्र प्रवेश गर्नबाट रोकेको केक सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फौजदारी संहिताको भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर महलमा उल्लेखित व्यवस्था

केकसेवा डट कमका डेलिभरी ब्वाईलाई होटलमा छिर्नै नदिएर होटलका कर्मचारीले गरेको यस्तो दुर्व्यवहारका विषयमा आपत्ति जनाएको छ ।
केक सेवा डट कमका डेलिभरी ब्वाईले चप्पल लगाएको भन्दै होटेल परिसर भित्रै प्रवेश गर्न रोकेको केकसेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले जनाए ।

प्रचण्ड गर्मीमा चप्पल लगाउनु सामान्य भएको र कुनै पनि होटेल प्रवेशमा चप्पल लगाउनु ड्रेस कोडको मान्यता विपरीत नभएको केकसेवा डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाको दाबी छ ।

आतिथ्य सत्कारमा केन्द्रित हुनुपर्ने होटलले अतिथिलाई होटलभित्र प्रवेश गर्नैबाट गरेको रोकतोक निन्दनीय भएको सरोकारवालाहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved