गृहमन्त्री भन्छन् – भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि सरकार टिक्न दिइएन

नेपालभ्युज

गृहमन्त्री भन्छन् – भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि सरकार टिक्न दिइएन
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरूद्धको कारबाहीका कारण नयाँ समीकरण बनेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको बताए ।

‘जे भएको छ केही भन्नै पर्ने छैन । सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो।’ उनले भने, ‘तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भन्ने प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे ।

‘बेचैनीको अरू के अर्थ होला र ! एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved