पोखरीमा डुबेर २ बालकको मृत्यु

नेपालभ्युज

पोखरीमा डुबेर २ बालकको मृत्यु

काठमाडौं । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहा गाउँपालिका-३ स्थित खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल र उनकै भाञ्जा ८ वर्षीय आशिष छन् ।

उनीहरु सोमबार दिउँसो १२ बजेदेखि हराइरहेका थिए । खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved