सेयर बजारमा उछाल : २२७ स्टकको भाउ बढ्दा कुन कम्पनीले कति कमाए ? 

नेपालभ्युज

सेयर बजारमा उछाल : २२७ स्टकको भाउ बढ्दा कुन कम्पनीले कति कमाए ? 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । नयाँ सरकार बन्ने भएसँगै सेयर बजारमा उथलपुथल भएको हो ।

मंगलबार कारोबार सुरु भए देखिनै बढ्न थालेको बजारले दुई पटकसम्म सर्किट ब्रेक गर्‍यो । दोस्रो पटक सर्किट ब्रेक गरेको बजार ४० मिनेटको लागि बन्द भयो । सो बेला नेप्से परिसूचक १०२ दशमलव ६८ अंकले बढेर २१५६ दशमलव ०७ को विन्दुमा पुगेको थियो ।

पुनः कारोबार सुरु गरेको बजार २ मिनेटको अन्तरालमै ७० अंकले अ‍ोरालो झर्‍यो ।

कारोबार समय बन्द हुँदासम्म सेयर बजार परिसूचक ४७ दशमलव ०४ अंकले बढेर २१०० दशमलव ४३ को विन्दुमा पुगेको छ । आज ३१५ कम्पनीका ६० हजार ७ सय २० पटकको कारोबारमा ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ रहेको छ । मंगलबार २२७ कम्पनीको भाउ बढ्दा १७ वटाको घटेको छ । त्यस्तै, ३ वटा कम्पनीको सेयर भ्यालु स्थिर रहेको छ ।


सेन्सेटिभ इन्डेक्स ८ दशमलव ९४ अंकले बढ्दा फ्लोट इन्डेक्स ३ दशमलव ३५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव १८ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये निर्जीवन बीमा, जीवन बीमा र निर्माण कम्पनीहरूले सर्वाधिक कमाएका छन् भने बाँकी १० वटामा पनि हरियाली छाएको छ ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर र विकास कम्पनीको कारोबार सर्वाधिक भएको छ । आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।

समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved