एमालेले आजै मन्त्री फिर्ता बोलाउने

नेपालभ्युज

एमालेले आजै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।

अहिले पार्टी मुख्यालय, च्यासलमा सचिवालय बैठक बसिरहेको छ । उक्त बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्ने प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपालभ्युजलाई बताए ।

“बैठकले आज निर्णय गर्छ र भोलिसम्म मन्त्रीहरूले राजीनामा दिनुहुन्छ होला,” बर्तौलाले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेका ९ मन्त्री छन् ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरेको एमालेले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ ।

यी पनि पढ्नुहोस :

प्रचण्डको लीलामाथि ओलीको महालीला !

कुन धाराअन्तर्गत बन्छ अर्को सरकार ? कुनै हालतमा ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रचण्डको योजना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved