पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत

नेपालभ्युज

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

मंगलबार दिउँसो आयोगको टोलीले छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको हो ।

मणिपाल मेडिकल कलेजको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट दिएपछि महानगरविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

आयोगको टोलीले कार्यालयबाट कार्यपालिका बैठकको निर्णय, राजस्व विवरण, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved