राजनीतिक दलसँग सुझाव माग्ने छानबिन समितिको निर्णय

नेपालभ्युज

राजनीतिक दलसँग सुझाव माग्ने छानबिन समितिको निर्णय

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग सुझाव लिने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले सहकारी क्षेत्रको शुद्धीकरण र समस्या समाधानका लागि सुझाव माग्ने निर्णय गरेको सभापति सूर्य थापाले जानकारी दिए ।

समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रूपमा उपलब्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको थापाले बताए ।

साथै, समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीहरू र कर्मचारीहरूसँग छलफल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved