बीबीसी प्रस्तोताको आक्रोशपूर्ण ट्वीट – म बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने थिएँ

नेपालभ्युज

बीबीसी प्रस्तोताको आक्रोशपूर्ण ट्वीट – म बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने थिएँ

काठमाडौं । बीबीसीका एक प्रस्तोताले आफू अमेरिकी राष्ट्रपति जो बाइडेन भएको भए डोनाल्ड ट्रम्पको हत्या गर्ने बताएका छन् ।

प्रस्तोता डेभिड एरोनोभिचले सामाजिक सञ्जाल एक्समार्फत् यसो भनेका हुन् । उनले त्यसको विरोध भएपछि ट्वीट डिलिट गरेका थिए ।

‘यदि म बाइडेन भएको भए हतार गरेर ट्रम्पलाई अमेरिकाको सुरक्षाको लागि खतरा भएको आधारमा हत्या गर्ने थिएँ ।’ एरोनोभिचले लेखेका थिए ।

अमेरिकी अदालतले ट्रम्पको मुद्दामा सुनुवाइ गर्दै कारबाही गर्न मिल्दैन भन्ने फैसला गरेपछि एरोनोभिचको यस्तो आक्रोशपूर्ण प्रतिक्रिया आएको हो ।

उनले पछि यो व्यंग्य मात्र भएको उल्लेख गरेका थिए । एरोनोभिच बीबीसी रेडियो ४ को कार्यक्रम ‘ब्रिफिङ रुम’का सञ्चालक हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved