प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त

नेपालभ्युज

प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।

अधिकारीसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved