विद्यार्थीलाई अनुसन्धानमा प्रोत्साहित गर्न नेपाल इन्जिनियरिङ कलेजमा ‘रिसर्च कार्यक्रम’ हुँदै 

नेपालभ्युज

विद्यार्थीलाई अनुसन्धानमा प्रोत्साहित गर्न नेपाल इन्जिनियरिङ कलेजमा ‘रिसर्च कार्यक्रम’ हुँदै 

काठमाडौं । स्नातक तहका विद्यार्थीहरूलाई अनुसन्धानमा प्रोत्साहित गर्ने उद्देश्यसहित ‘नेपाल रिसर्च एण्ड कोलाब्रेसन सेन्टर’ले आगामी जुलाई ४ मा अनुसन्धान कार्यक्रम गर्ने भएको छ ।

नेपालमै पहिलो पटक विद्यार्थीहरूमा अनुसन्धान गर्ने बानीको विकास गराउन सञ्चालन गरिएको उक्त कार्यक्रम भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेजमा हुने भएको हो ।

“Nepalese in Research Campaign: 3E – Encouraging, Educating, Empowering” भन्ने नारासहित सुरु गरिएको उक्त कार्यक्रम ४ जुलाईमा नेपाल इन्जिनियरिङ कलेज स्थित कम्प्युटर ब्लकको सेमिनार हलमा हुने कार्यक्रमका प्रोग्राम डिरेक्टर ई.दीपक दाहालले बताए ।

उक्त अभियानबाट विद्यार्थीहरूले अनुसन्धानका लागि आवश्यक सीप र ज्ञान प्राप्त गर्ने उनको भनाई छ । जसमा इन्जिनियरिङ क्षेत्रका सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर, कम्प्युटर, मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरूले सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved