बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

नेपालभ्युज

बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले मंगलबार थुनछेक बहसपछि थापालाई थुनामा राख्न आदेश दिएको हो ।

थापा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई केहीदिन अघि मात्र सीआईबीले पक्राउ गरेको थियो ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved