कांग्रेस संस्थापनइतरले गर्‍यो चार मन्त्रीको नाम सिफारिस (सूचीसहित)

नेपालभ्युज

कांग्रेस संस्थापनइतरले गर्‍यो चार मन्त्रीको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

डा. शेखर कोइराला र गगनकुमार थापाले नेतृत्व गरिरहेको संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको हो ।

सिफारिस हुने नामहरूमा प्रदीप पौडेल, तेजुलाल चौधरी, हृदयराम थानी र रामनाथ अधिकारी छन् । एक नेताले बताएअनुसार त्यसमा राज्यमन्त्री पाउने अवस्थामा प्रतिमा गौतम, मैना कार्कीलगायत हुन सक्नेछन् ।

संस्थापनइतर पक्षको बैठक बिहान विशालनगरमा बसेको थियो । उक्त बैठकले मन्त्रीको नाम सिफारिस गरेको हो ।

संस्थापनइतर पक्षले चार मन्त्रीको नाम सिफारिस गरेपछि सभापति देउवा भने दबाबमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved