स्वास्थ्यमन्त्रीले भेटे विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवार, भने– दुर्घटनाबारे छानबिन हुन्छ

नेपालभ्युज

स्वास्थ्यमन्त्रीले भेटे विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवार, भने– दुर्घटनाबारे छानबिन हुन्छ

काठमाडौं ।  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।

‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएकाको आफन्तलाई भेटेर पौडेलले ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मन्त्री पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताए ।

उनले दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था  पनि बुझेका थिए ।

उनले अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए ।
मनत्री पौडेलले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved