‘प्री-इलेक्सन’ गठबन्धन : गगन-विश्वप्रकाश एउटै कित्तामा

१४औं महाधिवेशनमा संस्थापनइतरतिर लागेका महामन्त्री शर्माले महासमिति बैठकमा भने यसबारे आफ्नो स्पष्ट मत राखेका थिएनन् । तर, यो केन्द्रीय समिति बैठकसम्म आउँदा भने उनी अर्का महामन्त्री थापाकै कित्तामा उभिन आइपुगेका हुन् ।

नेपालभ्युज

‘प्री-इलेक्सन’ गठबन्धन : गगन-विश्वप्रकाश एउटै कित्तामा

काठमाडौं । वर्तमान प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ‘प्री-इलेक्सन’ अर्थात् चुनावपूर्वको गठबन्धनका सन्दर्भमा एउटै कित्तामा उभिन आइपुगेका छन् ।

उनीहरू दुवैको स्पष्ट मत छ— चुनावपूर्व गठबन्धन हुनुहुँदैन ।

चुनावपछि गठबन्धन हुनुलाई उनीहरू दुवै स्वाभाविक मान्छन् । आ-आफ्नो दस्ताबेजमा उनीहरू लेख्छन्— एकल बहुमत नभएको संसद्‌‌मा गठबन्धनकै सरकार बन्छ, त्यो स्वाभाविक हो । तर, चुनावपूर्व गठबन्धन हुनुहुँदैन ।

कांग्रेसभित्र यो बहसको संस्थागत सुरुवात २०८० फागुनको महासमिति बैठकमा भएको हो । सुरुवातकर्ता थिए— महामन्त्री गगन थापा । त्यसबेला चुनावपूर्व गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे लामै बहस भएको थियो । तर, अन्तिममा ठोस निर्णय भने भएन ।

महामन्त्री थापा र नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतर पक्ष भने चुनावपूर्व गठबन्धन नगर्ने भनेर संस्थागत निर्णय नै गरेर अगाडि बढ्ने पक्षमा थियो । तर, संस्थापन अर्थात् सभापति शेरबहादुर देउवाले त्यसलाई रोके । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मुख्य साझेदारका रूपमा रहेका सभापति देउवा त्यो निर्णय गरेर अगाडि बढ्न डराए ।

यही सन्दर्भमा बुधबार सुरु भएको केन्द्रीय समितिको बैठकमा यही विषयले प्रवेश पाएको छ । यस सम्बन्धमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि महामन्त्री गगन थापाकै कित्तामा उभिन आइपुगेका छन् ।

केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माद्वारा प्रेषित समसामयिक दस्ताबेजमा स्पष्ट रूपमा भनिएको छ — चुनाव हुनु चार वर्षअगाडि नै त्यसबारे निर्णय लिनु उपयुक्त होइन । यो आवशयक पनि होइन ।

१४औं महाधिवेशनमा संस्थापनइतरतिर लागेका महामन्त्री शर्माले महासमिति बैठकमा भने यसबारे आफ्नो स्पष्ट मत राखेका थिएनन् । तर, यो केन्द्रीय समिति बैठकसम्म आउँदा भने उनी अर्का महामन्त्री थापाकै कित्तामा उभिन आइपुगेका हुन् ।

त्यसबेला उनको दस्ताबेजमै यसबारे स्पष्ट धारणा थिएन । तर, अहिले भने उनले आफ्नो दस्ताबेज संशोधन गर्दै प्री-इलेक्सन हुन नहुनेमा जोड दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved