कांग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुखबारे छलफल गर्ने

नेपालभ्युज

कांग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुखबारे छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान बस्नेगरी बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका हुन् ।

सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएपछि सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाइएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved