काठमाडौं । नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दु:ख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्राकृतिक विपद्मा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।
विपद्का कारण अवरुद्ध सडक खण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिए ।
Facebook Comment
Comment