छविलाल जोशी पनि थप सात दिन हिरासतमा रहने

नेपालभ्युज

छविलाल जोशी पनि थप सात दिन हिरासतमा रहने

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जोशी गत असोज ६ मा पक्राउ परेका थिए । उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई पनि थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved