काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)मा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले भने सुरेन्द्र मानन्धरको नाम सिफारिस छ ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए । गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदका लागि उम्मेदवार उठाइसकेको छ ।
Facebook Comment
Comment