च्याम्पियन्स लिग : पीएसजी घरेलु मैदानमै एट्लेटिकोसँग स्तब्ध

नेपालभ्युज

च्याम्पियन्स लिग : पीएसजी घरेलु मैदानमै एट्लेटिकोसँग स्तब्ध

काठमाडाैं । युरोपियन च्याम्पियन्स लिग फूटबलमा फ्रेन्च क्लब पीएसजी घरमै पराजित भएको छ ।

बुधबार राति पेरिसमा भएको खेलमा पीएसजी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–१ गोल अन्तरले स्तब्ध भएको हो ।

पीएसजीले खेलको १४ औँ मिनेटमै वारेन जैरे–इमेरीको गोलबाट अग्रता दिएको थियो । तर अग्रता लामो समय टिक्न सकेन । खेलको १८ औँ मिनेटमा नै एट्लेटिकोका नुहुअल मोलिनाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै खेलको अन्तिम समयमा एंगेल कोरेयाले गोल गरेपछि खेल एट्लेटिकोले आफ्नो नाममा पारेको हो ।

यो जितसँगै एट्लेटिको ६ अंकका साथ लिगको २३ औँ स्थानमा छ । पराजय भोगेको पीएसजी २५ औँ स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved