विद्युत् प्राधिकरणको चेतावनी– मंसिर १२ भित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काटिन्छ

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । यता कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।

नेपालभ्युज

विद्युत् प्राधिकरणको चेतावनी– मंसिर १२ भित्र बक्यौता महसुल नबुझाए फेरि लाइन काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र अर्थात मंसिर १२ सम्ममा नबुझाए फेरि बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ ।

बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो ।

सूचनामा प्राधिकरणले उद्योगीहरूलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने प्राधिकरणले स्पष्ट पारेकाे छ ।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।

‘सोहीअनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन अनुराेध गरिन्छ,’ प्राधिकरणले भनेको छ ।

डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । यता कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।

कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि भने प्राधिकरणले अधिकांश उद्योगमा लाइन जोडिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved