स्थानीय तहको उपनिर्वाचनमा माओवादीले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

नेपालभ्युज

स्थानीय तहको उपनिर्वाचनमा माओवादीले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

काठमाडाैं । स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वमा वडाअध्यक्ष निर्विरोध जितेको हो ।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार जीवन रोकाले मनाेनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

उनी निर्विरोध भएको निर्वाचन आयोगले पनि औपचारिक रुपमा घोषणा गरिसकेको छ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved