सहकारी ठगी प्रकरण : कुमारपछि छविको पनि काठमाडौंमा बयान सकियो, अब रविको पालो

गत आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडीआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त सहकारीको रकम अपचलनमा ६०० भन्दा बढी पीडितले जाहेरी दिएका छन् ।

नेपालभ्युज

सहकारी ठगी प्रकरण : कुमारपछि छविको पनि काठमाडौंमा बयान सकियो, अब रविको पालो

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्वप्रहरी नायव महानिरीक्षक (पूर्वडीआईजी) छविलाल जोशीलाई काठमाडौं ल्याएर बिहीबार बयान लिइएको छ ।

यही मङ्सिर ४ गते कास्कीको पोखराबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य बिहीबार सकिएको उनले बताए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौंमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको हो । जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।

गत आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडीआईजी जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त सहकारीको रकम अपचलनमा ६०० भन्दा बढी पीडितले जाहेरी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved