आज काठमाडौंका केही क्षेत्रमा बिजुली काट्दै प्राधिकरण

नेपालभ्युज

आज काठमाडौंका केही क्षेत्रमा बिजुली काट्दै प्राधिकरण
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (मंगलबार) काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काटिने जनाएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved