बिहारका वैभव १३ वर्षमै बने करोडपति !

नेपालभ्युज

बिहारका वैभव १३ वर्षमै बने करोडपति !

काठमाडौं । १३ वर्षीय वैभव सूर्यवंशी इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनबाट राजस्थान रोयल्समा अनुबन्ध भएका छन् ।

सन् २०२५ को आईपीएलका लागि मंगलबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सनबाट उनलाई राजस्थानले एक करोडभन्दा बढी भारतीय रुपैयाँ खर्चिएको हो ।

अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारूमा बिक्री भए । यो नेपाली रुपैयाँ एक करोड ७६ लाख हुन आउँछ ।

वैभवका लागि राजस्थानसँगै दिल्ली क्यापिटल्सले मोलमोलाई गरेका थिए । तर, अन्त्यमा उनलाई राजस्थान रोयल्सले अनुबन्ध गरेको हो ।

वैभवले सन् २०२३ मा भारतको यू–१९ को ‘बी’ टोलीबाट खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।

वैभवले १२ वर्षको उमेरमा बिहारबाट रणजी ट्रफीमा डेब्यू गरेका थिए । त्यहीँबाट उनको चर्चा चुलिएको हो ।

तुलनात्मक रुपमा पिछडिएकाे मानिएकाे बिहार राज्यका वैभव भारतको क्रिकेट इतिहासमा सबैभन्दा कान्छा करोडपति बनेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

ऋषभ बने आईपीएलकै सबैभन्दा महंगा खेलाडी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved