काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार मध्यराति भएको खेलमा सिटी तुलनात्मक कमजोर टोली फेयनोर्डसँग घरेलु मैदानमै ३–३ गोलको बराबरीमा रोकिएको हो ।
इत्तिहाद रंगशालामा घरेलु टोली सिटीका लागि अर्लिङ हाल्यान्डले दुई र एकाई गुन्डोगानले एक गोल गरे । फेयनोर्डका लागि एनिस हाद्ज–मुसा, स्यानियागो गिमिनेज र डेविड हान्कोले गोल फर्काए ।
खेलको ४४औं मिनेटमा हाल्यान्डको पेनाल्टी गोलमार्फत सिटीले अग्रता लिएको थियो ।

यस्तै ५०औं मिनेटमा गुल्डोगानले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको तीन मिनेटपछि हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अगाडि बढ्यो । तर उ खेलको अन्त्यतिर सम्हालिन सकेन ।
डच क्लब फेयनोर्डले १४ मिनेट भित्रमा तीन गोल गर्दै सिटीबाट दुई अंक खोस्न सफल भयो । थियो । खेलको ७५औं मिनोटमा हाद्ज–मुसाले गोल गर्दा खेल ३–१ को स्थितिमा आयो ।
यसैगरी गिमिनेजले ८२औं मिनेटमा फेयनोर्डका लागि दोस्रो गोल गरे । खेलको अन्तिम समयमा अर्थात ८९औं मिनेटमा हान्कोले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।
यो नतिजासँगै पाँच खेलमा आठ अंक जोडेको सिटी लिगको १५औं स्थानमा छ । फेयनोर्ड समान खेलबाट सात अंकका साथ २०औं स्थानमा रहेको छ ।
Facebook Comment
Comment