काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ ।
बुधबार मध्यराति भएको खेलमा सर्वाधिक १५ पटकको विजेता रियल इंग्लिस क्लब लिभरपुलसँग २–० गोलअन्तरले पराजित भएको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको ५२ औँ मिनेटमा अग्रता लिएको थियो । विश्वविजेता अर्जेन्टिनी खेलाडी एलेक्सिस म्याक एलिस्टरले अग्रता दिलाएका हुन् । कोडी गाक्पोले ७६ औँ मिनेटमा अर्को गोल थपेपछि ६ पटकको विजेता लिभरपुलको जित सुनिश्चित भएको हो ।

केलियन एम्बाप्पे, जुड बेलिङ्घमजस्ता स्टार खेलाडी रहेको स्पेनिस क्लब रियलले गरेका गोलका प्रयास असफल भएका थिए ।
यससँगै लिभरपुलले पाँच खेलमा प्रतिशत निकालेको छ । ३६ टोली सम्मिलित लिगको शीर्ष स्थानमा रहेको उसले १५ अंक जोडेको छ ।
रियल भने ६ अंकसहित लिगको २४ औँ स्थानमा खुम्चिएको छ । उसले पाँच खेलमा तेस्रो हार ब्यहोरेको हो ।
अंक तालिका :

Facebook Comment
Comment