भ्रमपूर्ण प्रचार नगर्न गगन थापालाई वर्षमानको चेतावनी

नेपालभ्युज

भ्रमपूर्ण प्रचार नगर्न गगन थापालाई वर्षमानको चेतावनी

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेस महामन्त्री गगन थापालाई भ्रमपुर्ण प्रचार नगर्न चेतावनी दिएका छन्  ।  रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै पुनले थापालाई यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभयो।’

एमालेसँगको  गठबन्धन लामो समय नजाने देखेपछि कांग्रेसले  माओवादीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजेको पुनको भनाइ थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने थापाको भनाइप्रति आपत्ति जनाउँदै आफूहरुको प्राथमिकता सरकार नभएको जिकिर गरे ।

उनले माओवादी प्रतिपक्षमा बसेर कांग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध जनतालाई सचेत र जागरुक बनाउने काममा लाग्ने बताउँदै  उनले भने, ‘हामीलाई अहिले सरकारतिर हेर्नुछैन। भ्रष्टाचार र विकृतिको जगमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने दिन आउँछ।’

कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभामा कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved