छविलाल जोशी र रामबहादुर ढकाललाई बयानका लागि चितवन लगियो

नेपालभ्युज

छविलाल जोशी र रामबहादुर ढकाललाई बयानका लागि चितवन लगियो

काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।

चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि जोशीलाई चितवन लगिएको छ ।

जोशीका साथै, रामबहादुर ढकाललाई पनि चितवन ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरूको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved