एमालेबाट माओवादीले खोस्यो गोरखा-५ को अध्यक्ष

नेपालभ्युज

एमालेबाट माओवादीले खोस्यो गोरखा-५ को अध्यक्ष

काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मत मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भाइकाजी आलेले ४०२ मत पाए । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी दुर्गामाया थापा रानाले ३४५ मत पएको निर्वाचन आयोगले जनाएको छ ।

यो वडामा १ हजार ३७३ मत खसेको थियो । यहाँ यसअघि नेकपा एमालेले जित हासिल गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved