माओवादी केन्द्रको निष्कर्ष : एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भयो

नेपालभ्युज

माओवादी केन्द्रको निष्कर्ष : एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको बताए । उनले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

उनले अब पार्टी पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने सापकोटाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved