लेखा समिति सभापतिकी श्रीमतीविरुद्ध मुद्दा दर्ता तर, पक्राउको प्रयास समेत नगरी भनियो फरार

नेपालभ्युज

लेखा समिति सभापतिकी श्रीमतीविरुद्ध मुद्दा दर्ता तर, पक्राउको प्रयास समेत नगरी भनियो फरार

मोरङ । एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको हो । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् ।

जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरुद्ध मुद्दा दायर भएको हो । अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेद जोशीका अनुसार २५  जनालाई फरार प्रतिवादी बनाइएको छ ।

फरारमध्ये एक अञ्जलासमेत छिन् । उनी सहकारीकी पूर्वसञ्चालक हुन् । प्रहरीले पक्राउ गर्ने प्रयाससमेत नगरी उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

यो सहकारी ठगीको अनुसन्धानमा प्रहरीमाथि सत्ताको दबाब पर्दै आएको थियो ।

उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved