काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको निष्कर्ष निकालेको छ ।
स्थानीय तह उपनिर्वाचनको परिणामले उत्साहजनक परिणाम प्राप्त भएको पार्टीले जनाएको छ ।
मंसिर २८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको स्थायी समितिको बैठक छलफल र निर्णयहरू जानकारी एवं कार्यान्वयनका लागि परिपत्र जारी गर्दै पार्टीले आफूहरूको उपस्थिति उत्साहजन भएतापनि कांग्रेस र एमालेको जनमत खस्किएको उल्लेख गरेको छ ।
‘कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ति दुई पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको छ ।’ परिपत्रमा भनिएको छ, ‘यस उपनिर्वाचनमा हाम्रो पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको छ । हरेक स्थानमा नेतृत्व तहका कमरेडहरू समेतको क्रियासिलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिन्छ ।’
साथै, उपलब्धिका अलावा पनि पूर्व–विजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही सीमा कमीकमजोरी पनि रहेको पार्टीले जनाएको छ ।
Facebook Comment
Comment