कर्णालीको सङ्घर्षपूर्ण ब्याटिङ, ललितले लिए दुई विकेट

नेपालभ्युज

कर्णालीको सङ्घर्षपूर्ण ब्याटिङ, ललितले लिए दुई विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ब्याटिङमा सङ्घर्ष गरिरहेको छ ।

१० ओभरको समाप्तीमा कर्णालीले ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

१.१ ओभरमा ओपनर जयकिशन कोलसावालालाई १ रनमा आउट गरे । उनलाई जनकपुरका ललित राजवंशीले आउट गरे ।

५.१ ओभरमा जेम्स निशमले अर्का ओपनर देव खनाललाई २४ रनमा आउट गरे ।

६.५ ओभरमा जिशान मक्सुदलाई १२ रनमा आउट भए । उनलाई मोहम्मद मोहसिनले आउट गरे । ९.३ ओभरमा विलियम बोस्सिटो १४ रनमा आउट भए । उनलाई राजवंशीले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved