प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भन्दै घुस लिएको आरोपमा तीनजना पक्राउ

नेपालभ्युज

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भन्दै घुस लिएको आरोपमा तीनजना पक्राउ

काठमाडाैं । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट घुस लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरूले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved