काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान बीचको खेल २३ फेब्रुअरीमा हुनेछ । यो खेल यूएईको दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) स्रोतले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरलाई च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू आयोजना गर्न तटस्थ स्थानको रूपमा चयन गरेको जनाएको छ ।
शनिबार राति पीसीबी अध्यक्ष मोहसिन नक्वी र यूएईका मन्त्री शेख नह्यान अल मुबारकबीच भेटवार्ता भएको थियो ।
प्रतियोगिताको पहिलो खेल फेब्रुअरी १९ मा आयोजक पाकिस्तान र न्यूजिल्याण्डबीच कराँचीमा हुनेछ । फाइनल मार्च ९ मा लाहोरमा हुनेछ । भारतको पहिलो खेल २० फेब्रुअरीमा बङ्गलादेशसँग हुनेछ ।
यदि टीम इन्डिया नकआउटका लागि छनोट भयो भने सेमिफाइनल र फाइनल पनि दुबईमा हुनेछ ।
प्रतियोगिताका १५ मध्ये ५ खेल यूएईमा हुने सक्नेछ । भारतले समूह चरणका तीनवटै खेल यूएईमा खेल्नेछ । यदि भारत छनोट भयो भने सेमिफाइनल र फाइनल पनि त्यहीँ खेलाइनेछ । जबकि प्रतियोगिताका बाँकी १० खेल पाकिस्तानमा हुनेछ ।
आईसीसीको डिसेम्बर १९ को बैठकले भारतले च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानको सट्टा तटस्थ स्थानमा खेल्ने निर्णय गरेको थियो । साथै, सन् २०२७ सम्म भारतमा हुने सबै प्रतियोगिताका लागि पाकिस्तानी टोली भारत आउने छैन ।
Facebook Comment
Comment