शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

नेपालभ्युज

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

काठमाडौं । बिपद्‌मा रहेका चेलीबेटीको उद्धारमा सक्रिय संस्था शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ ।

मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

राति खाना खाएर सुतेकी दनुवार बिहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले बताए ।

बिहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको दनुवारले बताए । सुनिताका श्रीमान् र एक छोरी छन् ।

आफैँ मानव बेचबिखनबाट पीडित उनी उद्धारपछि नेपाल आएकी हुन् । उनी मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।

२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्याएपछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो ।

पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।

दनुवार उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved