छविलाल जोशीको बयान सकियो, लिला पछाईंको जारी

नेपालभ्युज

छविलाल जोशीको बयान सकियो, लिला पछाईंको जारी

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईले बयान लिएका हुन् । त्यसलगत्तै सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि सुरु हुन सकेन । रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मङ्गलबार पनि दिनभर जिल्ला अदालतमा राखिएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved