आजदेखि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेपालभ्युज

आजदेखि माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी केन्द्रले यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आजको बैठकमा सोही केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आज सुरु भएको स्थायी कमिटी बैठक पुस २० गतेसम्म चल्नेछ ।

यसअघि माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।

तर तयारी नपुगेको भन्दै पुस २१ गतेसम्मका लागि सारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved