चितवनका बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक पठाइयो नमूना

नेपालभ्युज

चितवनका बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक पठाइयो नमूना

चितवन । चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने तथा तन्कने गरेको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीले पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले बताइन् । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो कि भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उनले जानकारी दिइन् ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved