काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरि कानून बनाउनुपर्ने बताएका छन् ।
सङ्घीयता सबलीकरणका सन्दर्भमा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकारसम्पन्न बनाएर सङ्घीयता कार्यान्वयन गर्नुपर्ने र अधिकारसम्पन्न बनाउदा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताएका हुन् ।
अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानून बनाउन सहज हुने भएकाले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून बनाउन ढिलाई गर्न नहुने उनको भनाइ छ ।
महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरु समेत सङ्घीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रुपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शङ्का गर्न नपर्ने बताए ।
Facebook Comment
Comment