काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न न्यायाधीशसामु याचना गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग उनले आफूलाई तारेखमा छाड्न याचना गरेका हुन् ।
आफू सहकारीपीडितको पक्षमा रहेकोसमेत दाबी गरेका छन् ।
उनले इजलासमा भने, ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अङ्ग पनि बनेको छ ।’
त्यसअघि उनले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के-के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’
कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले बताएका थिए ।
संसदीय छानबिन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको लामिछानेले बताए ।
Facebook Comment
Comment