संसद्को विशेष अधिवेशन माग गर्ने विपक्षी दलको तयारी

नेपालभ्युज

संसद्को विशेष अधिवेशन माग गर्ने विपक्षी दलको तयारी

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वान नगरे विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने भएका छन् ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बुधबार बिहान बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले चाँडोभन्दा चाँडो हिउँदे अधिवेशन बोलाओस् । संसद्‌बाट सरकारले जनताको माग सम्बोधन गरोस् । सरकारले अझै संसद्लाई छलेर काम गर्छ भने विशेष अधिवेशन माग गर्नेछौँ ।’

दुई ठूला पार्टीले संसद्लाई हेपेर स्वेच्छाचारी लाद्न खोजेको उनको भनाइ छ ।

साथै, साना दल, सङ्घीयतालाई रोक्न थ्रेसहोल्ड ल्याउन खोजेको पुनले बताए । यो लोकतन्त्रका लागि गलत भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved