बाइडनले दिए दुई हजार ५०० जनालाई क्षमादान

नेपालभ्युज

बाइडनले दिए दुई हजार ५०० जनालाई क्षमादान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति बाइडनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउने भन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन्।”

उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताए ।

बाइडनले भने, “यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।”

कानूनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइन कम दण्डको प्रतिस्थापन हो ।

बाइडनले गत महिना करिब एक हजार ५०० व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए ।

गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र करसम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका बाइडनका छोरा हन्टर पनि थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved